ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ता सम्पन्न नागरिकलाई रैती कसैले पनि बनाउन नसक्ने बताउनु भएको छ ।
काठमाण्डौमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले नागरिकलाई रैती बनाउन खोज्छु भन्ने सपना देखेको भए त्यो दुःस्वपन मात्रै भएको बताउनुभयो ।
पटक–पटक अल्पमतको सरकारबाट दिक्क भएर नागरिकले बहुमतको सरकार बनाएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । अल्पमतको सरकारमा हुने कहिले कसलाई पछार्ने कहिले कसलाई ढलाउने परिपाटीको अन्त्य भएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सबै तहका सरकार जनताको विश्वास जितेर आएका हुन् । कसैको पनि बहुमत नहुने हङ पार्लियामेन्ट, योसँग उ मिलाउने, उससँग मिलेर उसलाई ढाल्ने परिपाटीको पनि अन्त्य भएको छ । यस्तो परिपाटीबाट वाक्क भएर नागरिकले बहुमतको सरकार बनाएको हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व व्यवस्थापन, शान्ति पुनःस्थापनालगायतका क्षेत्रमा उल्लेख्य काम भएको पनि बताउनुभयो ।
अहिले राष्ट्रिय राजनीतिको ट्रेन्ड सामाजिक असन्तुष्टिभन्दा पनि निर्माणको ट्रेन्ड भएको उहाँले बताउनुभयो । विभिन्न समुदायबीच रहेको अन्तरविरोध अन्त्य भएको बताउँदै अहिलेको सामाजिक ट्रेन्ड राष्ट्रिय एकता भएको उहाँले बताउनुभयो ।
आफूहरु समाज परिवर्तनका लागि अगाडि बढेको पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । त्यसैले पन्ध्रौँ पञ्चवर्षीय योजना महत्वाकांक्षी हुनुपर्ने उहाँले बताउनुभयो ।
अब निरक्षरताको गीत गाउने मात्रै होइन, पन्ध्रौँ योजनाको अन्त्यसम्म निरक्षरता उन्मुलन हुनेगरी काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले कुरा गरेर मात्रै हुँदैन, काम नै गर्नुपर्छ भन्ने गरेको बताउँदै एक वर्षभित्र धेरै काम भएको बताउनुभयो । महाकाली वारपार गर्न समस्या भएको अवस्थामा आफूहरुले पुल निर्माण गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक वर्षका बीचमा झोलुङ्गे पुलहरु बनेका छन्, तुइनहरु फालिएका छन् । अनि कुरा मात्रै भो र ? यो सरकार गफ गर्न बनेको होइन, काम गर्न बनेको हो ।’
यान्त्रिकीकरणले मान्छेको काम नखोस्ने बताउँदै उहाँले रोजगारीका अवसर समाप्त पार्ने भन्ने हल्ला मात्रै भएको बताउँदै प्रधानमन्त्री ओलीले यसले रोजगारीका प्रकार मात्रै परिवर्तन हुने बताउनुभयो ।
देशमा फलाम, तामालगायत थुप्रै खानी रहेको बताउँदै प्रधानमन्त्री ओलीले यसले देश समृद्ध बनाउने बताउनुभयो । उहाँले धेरै मानिसले मानसकिता र दृष्टिकोणमा परिर्वतन आउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्टिमर बनेको कति भयो । तर कोशीमा केही वर्ष अघिबाटै मात्रै त स्टिमर चल्यो । अहिले प्रदेश एकका मुख्यमन्त्रीज्यू आफ्नो सदरमुकामबाट आफ्नो गृहजिल्ला एकछिनमा पुग्नुहुन्छ । गाडीमा जाँदा दिनभरि लाग्ने ठाउँमा एकछिनमा पुग्नुहुन्छ । पानी जहाजको कार्यालय खुल्यो कि स्टिमर चल्यो ।’
प्रधानमन्त्री ओलीले सबै क्षेत्रमा परिवर्तन भैरहेको बताउँदै देशबाट बाहिर जाने युवाहरुलाई क्रमशः देशभित्रै अवसर दिने बताउनुभयो । वर्तमान सरकारलाई रेमिट्यान्सको धेरै लोभ नभएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । केही वर्षभित्रै सरकारले ती युवालाई असर प्रदान गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । अहिलेको सरकार दाउपेचमा लाग्ने नबताउँदै उहाँले भन्नुभयो, ‘सरकार वादविवाद प्रतियोगितामा भाग लिइरहेको छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।