माछा मार्ने क्रममा विस्फाेटक पदार्थ पड्किएर आफ्नै ज्यान गयो

 चैत २०, २०७५ बुधबार १५:४३:२७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - कालीगण्डकी गाँउपालिका-६, रिपमा रहेकाे आँधीखोलामा माछा मार्ने क्रममा घाइते भएका एक व्याक्तिको उपचारका क्रममा ज्यान गएको छ ।

ज्यान जानेमा त्यसै ठाउँका २० वर्षीय पारस बराल रहेका प्रहरीले जनाएको छ । ५ जनाको समूहमा माछा मार्न गएकामध्ये बराल विस्फाेटक पदार्थ पड्किएर घाइते भएका थिए । उनको पाल्पाकाे युनाइटेट मिसन अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया