नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाले प्रभावित : टसमा...
बैशाख ६, २०८२ शनिबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशैभर स्थानीय र पश्चिमी वायुको प्रभाव परेको छ । साथै भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ ।
त्यसको प्रभावले बिहानैदेखि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कास्की, पर्वत, स्याङ्जा, लमजुङ, दैलेख, सुर्खेत, इलाम, धनकुटा, डोटी, बैतडी, बझाङ, गोरखा,दाङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान, जाजरकोटलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशका केही ठाउँमा अरू ठाउँमा भन्दा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै हिमाली भेगका केही ठाउँमा हिमपातको समेत सम्भावना रहेको छ ।
देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसँगै वर्षा, हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
यो हप्ता गहुँ, मुसुरोलगायत अन्न तथा दलहन बाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् । पानी पार्ने नयाँ प्रणालीको प्रभाव आउँदो सोमवारसम्म रहने मौसमविद्को अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।