आईसीसीले क्रिकेटभित्र हुने अनियमितता रोक्न इन्टरपोलसँग सहकार्य गर्ने

 चैत २०, २०७५ बुधबार १५:५२:५५ | एजेन्सी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्रिकेटभित्र हुन अनियमितता रोक्न इन्टरपोलसँग सहकार्य गर्ने भएको छ ।

विभिन्न चरणमा क्रिकेट खेलाडी तथा पदाधिकारीहरु म्याच फिक्सिङमा पर्ने गरेकाले क्रिकेटलाई शुद्धीकरण गर्न आईसीसीले विश्वभर संगठन भएको इन्टरपोलसँग सहकार्य गर्न लागेको हो ।

इन्टरपोलको मुख्यालय पुगेर आईसीसीको भ्रष्टाचार निवारण इकाइ महाप्रबन्धक एलेक्स मार्शलले छलफल गरेका थिए । छलफलमा आईसीसी र इन्टरपोल मिलेर काम गर्ने सहमति भएको जनाइएको छ ।

छलफलपछि आईसीसीका एलेक्स र्माशलले भने ‘आईसीसी इन्टरपोलसँग मिलेर काम गर्न उत्सुक छौं ।’ आईसीसीले अहिले पनि विभिन्न देशका भ्रष्टाचार निवारण संस्थासँग मिलेर काम गरिएको बताउँदै उनले इन्टरपोलसँज सहकार्य गर्दा विश्वका १९४ राष्ट्रको सञ्जालसँग सजिलै जोडिने पनि उल्लेख गरे ।

यस्तै इन्टरपोलका सहायक निर्देशक जोस डे ग्रेसियाले खेलकुदले सबैलाई एकै ठाउँमा ल्याउने बताउँदै तर यसमा आपराधिक गतिविधि हुन नदिने विषयमा काम गर्न तयार रहेको बताए ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया