सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
पप गायक जस्टिन बिबरले 'अप्रिल फूल डे' (मुर्ख दिवस) का दिन सामाजिक सञ्जालमा श्रीमती गर्भवती भएको झुटो खबर सार्वजनिक गरेपछि यतिबेला उनी ट्रोलको शिकार भएका छन् । जस्टिनले अप्रिल १ मा आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत अल्ट्रासाउण्डको एक तस्बिर शेयर गरेका थिए । त्याे तस्बिर सार्वजनिक भएपछि जस्टिनकी श्रीमती गर्भवती रहेको अनुमान लगाइएको थियो ।
त्यसपछि जस्टिनले त्यस मजाकलाई अझै अगाडि बढाउँदै श्रीमती हेली बाल्डविनले पेटमा हात राखेको तस्बिरहरु पोष्ट गरे । तस्बिरमा हेलीका साथमा २ जना चिकित्सकहरु पनि उभिएका छन् । तस्बिर हेर्दा लाग्छ कि हेली बाल्डविन गर्भवती छिन् । तस्बिरको क्याप्सनमा बिबरले लेखेका छन् ‘यदि तपाईं यो अप्रिल फूल हो भन्ने सोचिरहनु भएको छ भने !’
तर जस्टिनको यस्तो मजाक अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने रुचाएनन् । उनीहरुले गर्भावस्था मजाकको विषय नभएको बताएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बिबरलाई गर्भधारण गर्न नसकेका तथा बच्चा गुमाएका दम्पतिहरुप्रति असंवेदनशिल भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा झुठो गर्भावस्थाको खबर र अप्रिल फुल डे मनाउन बन्द गर्नुपर्ने भन्दै बिबरलाई ट्रोल गरिरहेका छन् ।
त्यसपछि जस्टिनले आफूले अप्रिल फूल डे मा व्यक्तिहरुलाई मुर्ख बनाउन खोजे पनि गर्भावस्थाको मजाक उडाउन नखोजेको बताएका छन् । साथै आफूले निःसन्तान दम्पतीहरुको भावनामा ठेस पुर्याउने मनसाय नरहेको पनि बताएका छन् ।
जस्टिनले यस्तो किसिमको मजाकले चित्त दुखाएका सम्पूर्ण व्यक्तिहरुसँग माफी पनि मागेका छन् ।