ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
पाल्पा - पाल्पाको रिब्दीकोट गाँउपालिका-५ नयाँटोलकी ५० वर्षीया ओमकुमारी घर्तीको हत्याको आरोपमा पक्राउ परेका स्थानीय ४६ वर्षीय नुरबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले गएकाे फागुन २४ गते हराएकी ओम कुमारीको शव एक हप्तापछि घर नजिकैको खरबारीमा भेटेको थियो । हत्याको आरोपमा विकलाई प्रहरीले सोमबार मात्रै पक्राउ गरेको थियो ।
दुई वर्ष अघिदेखि ओमकुमारी र नुर बहादुरबीच अनैतिक सम्बन्ध रहेको भेटिएको र ओम कुमारीले विवाह गर्न दबाब दिँदा नुर बहादुरले उनको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । ओमकुमारीको हत्यामा विकले प्रयोग गरेको फलामको रड, ओमकुमारीको साथमा रहेको कपडा, झोलासमेत प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले बिहेका लागि भाग्ने तयारी गरी नुरबहादुरलाई फोन गरेर ओमकुमारी घरबाट हिँडेको र सोही दिन नु बहादुरले उनको हत्या गरेको खुल्न आएको जानकारी दिनुभयो ।
पक्राउ परेका विकले अनैतिक सम्बन्ध लुकाउन आफूले ओमकुमारीको हत्या गरेको स्वीकारेका छन् । हत्यामा संलग्न भनिएका विकको घरमा श्रीमतीसँगै २५ वर्ष बढी उमेरका दुई छोराहरु छन् भने मृतक ओम कुमारी घर्तीका छोरा बुहारी छन् । उनका श्रीमान्को २५ वर्ष अघि नै मृत्यु भइसकेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।