एएफसी कप समूह चरण : बंगलादेशको ढाका आबाहनी लिमिटेडसँग मनाङ मर्स्याङ्दी १-० ले हार्‍यो

 चैत २०, २०७५ बुधबार १७:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लब बंगलादेशको ढाका आबाहनी लिमिटेडसँग १-० ले स्तब्ध भएको छ । ए डिभिजन लिग विजेता मनाङले बंगलादेशको आबाहनीबीच एएफसी कप अन्तर्गतको समूह चरणको खेलमा नेपाल पराजित भएको हो । 

जुन १९ तारिखमा मनाङले आबाहनीसँग उसकै मैदान बंगलादेशमा खेल्ने छ । सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले पहिलो हाफमा खाएको गोल नै फर्काउन सकेन् । २७ औं मिनेटमा आबाहनीका मसिस सैघानीले कर्नर पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । हुन त नेपाली खेलाडीहरुले उत्कृष्ट मुभ बनाए पनि गोल गर्न असफल भएका थिए । ३६ औं मिनेटमा विराज मर्हनमार्फत अन्जनले पाएको पास मिस भएको थियो ।

यसैगरी विशाल राईले प्रहार गरेको बल पनि फ्रेममा पर्न सकेन् । ४१ औं मिनेटमा विशालले प्रहार गरेको कर्नर किक अबहानीका गोल किपरले जोगाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफ गोल फर्काउन भने असफल भयो ।

६१ औं मिनेटमा अन्जनको प्रहार जोगाउँद गरेको काउन्टर एट्याकलाई विशालले विफल बनाएका थिए ।७३ औं मिनेटमा मनाङ महत्वपूर्ण मौका गुमाउन पुग्यो । मनाङका अफिज वलावलेले प्रहार गरेको बल अभानीका किपरले बचाए । 

अब मनाङले १७ अप्रिलमा चेनाइनसँग खेल्ने छ । यसको स्थान भने तय भएको छैन् । यसैगरी मे १ तारिखमा मिनर्भा पञ्जाबविरुद्ध कालिंगा रंगशालामा खेल्ने छ ।

त्यस्तै १५ मे मा मिनर्भासँग एन्फा मैदान, १९ जुनमा आबाहनी लिमिटेडसँग बंगबन्धु रंगशाला र २६ जुनमा चेन्नाइएनसँग एन्फा मैदानमा खेल्ने छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया