ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – प्रदेश दुईमा मुख्यमन्त्री लालबाबु राउतले हावाहुरीमा परि घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।
रिपोटर्स क्लब, काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले हावाहुरी पीडितहरुका लागि राहत र पुनर्वासका लागि प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो ।
प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म सबैले आफूलाई फोन गरेर हावाहुरीबाट घाइते भएका सबैको उपचारका लागि कुनै कमी हुन नदिने प्रतिबद्धता आएको मुख्यमन्त्री राउतले बताउनुभयो । मुख्यमन्त्री राउतले पीडाको घडीमा सबैतिरबाट सहयोग र सद्भाव प्राप्त भैरहेको बताउनुभयो । मुख्यमन्त्री राउतले सबैतिरबाट सहयोग जुटाएर घरबारविहीनहरुका लागि घर बनाइदिने बताउनुभयो । साथै उहाँले बस्न केही गाह्रो भए पनि खानपिनमा भने कुनै समस्या नभएको जानकारी दिनुभयो ।
त्यस्तै कसैले सहयोग गरेकोमा यस्तो धर्मले गर्यो, उस्तो धर्मले गर्यो भनेर अन्यथा लिन नहुने मुख्यमन्त्री राउतले बताउनुभयो । कोही सहयोगको हात फैलाउँदै राहत दिन गएको छ भने धर्म परिवर्तन गराउन गयो भनेर अनावश्यक हल्ला फैलाउन नहुने उहाँले बताउनुभयो । सहयाेग गर्न गएकाहरुलाई रमिता हेर्न गएका भनेर भन्न नहुने उहाँले बताउनुभयाे ।
कतिपय सञ्चारमाध्यमले गायिका अञ्जु पन्तले बारामा सहयोगको आडमा धर्मको प्रचारप्रसार गर्न गएको भने झुटो खबर प्रकाशित गरेका थिए । तर अञ्जु पन्त भने काठमाण्डौमै छिन् र उनले कुनै धर्मको प्रचार गर्दैै हिँडेकी पनि छैनन् ।
एक अर्को प्रसंगमा संघीय सरकार र प्रदेश सरकारबीचको दूरी बढेको भन्ने विषयमा मुख्यमन्त्री राउतले समन्यव र सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।