आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
नेपाली महिला फुटबल टिमले ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा अहिले म्यानमारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
पहिलो हाफको खेल सकिँदा नेपाल र म्यानमार एकएक गोलको बराबरीमा रहेका छन् । २२ औं मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो । तर नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएको हो । त्यसअघि ३८औंं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न असफल भएकी थिइन् ।
४३ औं मिनेटमा लगातार तीन पटक पोस्ट चार्ज हुँदा पनि गोल हुन सकेन् । त्यतिबेला सावित्रा भण्डारी र निरु थापाले प्रहार गरेको बल गोल नभएको हो । निरुले प्रहार गरेको बल बारमा लागएर फर्कियो भने सावित्राको प्रहार किपरले विफल बनाइन् । इन्जुरी समयमा नेपालकी कप्तान निरुले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएकी हुन् ।