ओलम्पिक छनोट : नेपालविरुद्ध म्यानमार दुई-एक गोलले अगाडि

 चैत २०, २०७५ बुधबार १८:५१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली महिला फुटबल टिमले ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा अहिले म्यानमारसँग प्रतिस्पर्धा गरिरहेको छ ।

पहिलो हाफको खेल सकिँदा नेपालविरुद्ध म्यानमारले दुई-एक गोलको अग्रता बनाएकाे छ । २२ औं मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो । तर नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएको हो । त्यसअघि ३८औंं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न असफल भएकी थिइन् ।

४३ औं मिनेटमा लगातार तीन पटक पोस्ट चार्ज हुँदा पनि गोल हुन सकेन् । त्यतिबेला सावित्रा भण्डारी र निरु थापाले प्रहार गरेको बल गोल नभएको हो । निरुले प्रहार गरेको बल बारमा लागएर फर्कियो भने सावित्राको प्रहार किपरले विफल बनाइन् । इन्जुरी समयमा नेपालकी कप्तान निरुले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएकी हुन् ।

दाेस्राे हाफ सुरु भएकाे पाँच मिनेटमै नेपाली खेलाडीले डिबक्स एरियामा म्यानमारका खेलाडीलाई लडाएपछि म्यानमारले पेनाल्टी पायाे । म्यानमारका लागि ७ नम्बर जर्सीकी खेलाडीले पेनाल्टीमार्फत गाेल गर्दै अग्रता दाेब्बर बनाइन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया