आज नेवार समुदायले पाहाँचःह्रे मनाउँदै

 चैत २१, २०७५ बिहिबार ९:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेवार समुदायले मनाउने विभिन्न ठूला चाडमध्ये बिहीबार पाहाँचःह्रे मनाइरहेका छन् ।

हरेक वर्ष घोडेजात्राको अघिल्लो दिन लुकिरहेको महादेवको पूजा आराधना गरेर यो पर्व मनाइन्छ । भद्रकाली, टेबहाल, ककेश्वरलगायत विभिन्न ठाउँमा रहेका अजिमाहरुलार्ई विशेष पूजा गरेर नेवार समुदायले पाहाँचःह्रे मनाउने गर्दछन् ।

आज पशुपतिको बछलेश्वरी अजिमासहित विभिन्न अजिमाहरुलाई भोलि हुने खट जात्राको लागि तयारी स्वरुप मन्दिरबाट बाहिर राखिने संस्कृतविद् डा. चुन्दा बज्राचार्यले बताउनु भयो ।  

यस्तै टोखामा आजदेखि लिङ्गो ठड्याएर विस्केट जात्रा सुरु भएको छ । बिहान थनेलाछि लिङ्गो ठड्याएर विस्केट जात्रा सुरु भएको स्थानीय देवराज डंगोलले बताउनु भयो । टोखाको विस्केट जात्रा समापन भए पछि आउँदो २७ गते भक्तपुर र साँगा विस्केट जात्रा सुरु हुनेछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया