ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
धादिङ - विद्यालयमा लेखापाल राखेर बजेटसमेत खर्च गरिरहेका विद्यालयहरुले लामो समयदेखि कर्मचारीको नामबाट खाता सञ्चालन गरिरहेको खुलासा भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयहरुको विवरण अध्यावधि गर्न सूचना खोजी गर्दा यस्तो तथ्य फेला परेको हो ।
सबै विद्यालयहरुमा आधारभूत तहका कक्षाका लागि लेखापालका लागि वर्षमा ९७ हजार ५ सय र कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयलाई ३ लाख ४४ हजार ५ सय लेखापाल राख्नका लागि रकम पठाइने गरिएको थियो । तर नीलकण्ठ नगरपालिकामा रहेका विद्यालयले गएकाे वर्षदेखि कर्मचारीलाई खाता सञ्चालन गर्न लगाएर शिक्षकहरुलाई समस्यामा पारेको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।
सदरमुकाममा रहेको बालमन्दिर माविका प्रधानाध्यापक हरिलक्ष्मी भुजेल र जिल्ला अस्पतालका लेखापाल कृष्णप्रसाद ढकालको नामबाट विद्यालयको खाता सञ्चालन गरिएको छ । यसैगरी भैरवी मावि सुनौलाबजारमा प्रधानाध्यापक चेत नारायण श्रेष्ठ र नीलकण्ठ नगरपालिकामा लेखा शाखाकी पवित्रा बुर्लाकोटीको नामबाट बैंक खाता सञ्चालन गरिएको छ ।
विद्यालयमा लेखापालको लागि तलब पठाउँदा नगरपालिकाको आदेशमा आफूलाई बैंक खाता सञ्चालन गर्न लगाइएको बालमन्दिर माविको लागि बैंक खाता सञ्चालन गर्नुभएका विष्णुप्रसाद ढकालले बताउनुभयो ।
लेखापालका लागि पठाइएको रकम लेखापाल राखेर लेखापाल र प्रधानाध्यापकको नामबाट खाता सञ्चालन गरी शिक्षकहरुलाई नियमति तलब बैंक मार्फत भुक्तानी व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी कृष्णकुमार श्रेष्ठले विद्यालयहरुलाई अनुरोध गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।