नेपालगञ्जमा बनिरहेकाे आधुनिक ल्याण्डफिल साइट वैशाख पहिलो सातादेखि सञ्चालनमा

 चैत २२, २०७५ शुक्रबार १९:६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २३ मा निर्माण भैरहेको आधुनिक ल्याण्डफिल साइट वैशाख पहिलो सातादेखि सञ्चालनमा ल्याउने गरी आन्तरिक तयारी गरिएको छ ।

उप–महानगरपालिकाका इञ्जिनियर शैलेन्द्र महर्जनले निर्माण सम्पन्न गर्न बाँकी रहेका सबै काम सम्पन्न गरेर वैशाख ५ गते उद्घाटन गर्ने गरी आन्तरिक तयारी अघि बढाइएको जानकारी दिनुभयो । एसियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजना अन्तर्गत ३३ करोड ८८ लाख २७ हजार ३२५ रुपैयाँको लागतमा ल्याण्डफिल साइटको निर्माण कार्य शुरु भएको हो । १२ विघा १९ कठ्ठा जग्गामा ल्याण्डफिल साइट निर्माण भैरहेको छ ।

महर्जनका अनुसार, ल्याण्डफिल र्साटमा फोहोर ल्याइएपछि पहिलो चरणमा कुहिने खालको फोहोर कम्पोष्ट मल तयार गर्न प्रयोग गरिनेछ । इट्टा, ढुंगा लगायतका नकुहिने फोहोर भने सेलमा राखेर माटोले च्यापिनेछ । त्यसका लागि आवश्यक संरचना र चारवटा सेल निर्माण गरिएको छ ।

फोहोर व्यवस्थापनका लागि स्थानीयलाई सचेत बनाउँदै ५ हजार ५०० बाल्टिन घरमा र करिब एकसय थान ठूलो खालको डस्टबिन वितरण गरिने छ ।  

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया