ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जना पक्राउ परेका छन् ।
पक्राउ परेका मध्ये ३ जना बालबालिका छन् । थाई एयरवेजकाे विमानबाट विदेश जान लागेका काठमाण्डौ महानगरपालिका-७ मित्रपार्कका सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी, २ छोरी र १ छोरालाई पक्राउ गरिएको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यलयले जनाएको छ ।
सुरक्षा जाँचका क्रममा उनीहरुको साथबाट ४ देशका मुद्रा भेटिएको र अहिले थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको कार्यालयका प्रमुख एवं एसएसपी सन्दीप भण्डारीले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट २२ हजार १ सय ५० थाई भाट, १३ सय ८० यूरो, १० हजार अमेरिकी डलर र ८० हजार चाइनिज युआन बरामद गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।