सर्लाहीमा घर भत्किएर थिच्दा एकजनाको ज्यान गयो

 चैत २३, २०७५ शनिबार १८:१५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही - सर्लाहीको रामनगर गाउँपालिपाका वडा नम्बर-१  मा शनिबार दिउँसो चलेको हावाहुरीपछि घर भत्किँदा एक जनाको ज्यान गएको छ । 

दिउँसो बाटोमा हिँडिरहेका बेला घर भत्किएर थिच्दा स्थानीय ४५ वर्षका पनिलाल सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । स्थानीय  राजाराम चौधरीको घरमा लगाएको बाँसको बेरा भत्किएर थिचेपछि सहनी गम्भीर घाइते हुनुभएकाे थियाे । गम्भीर घाइते भएका सहनीलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। 

 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया