दोस्रो जुनियर फुटबल क्याम्प: उत्कृष्ट एक खेलाडीलाई इटालियन क्लब एसी मिलानमा प्रशिक्षणको मौका

 चैत २३, २०७५ शनिबार २०:३३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इटालियन क्लब एसी मिलानले आइतबारदेखि नेपालमा दोस्रो जुनियर फुटबल क्याम्पको आयोजना गर्दैछ । आइतबारदेखि शुरु हुने क्याम्पको सम्पूर्ण तयारी पूरा भएको आयोजक एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टले जानकारी दिएको छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबारदेखि शुुरु हुने क्याम्पमा ७ देखि १७ वर्षमुनिका एकसय खेलाडीलाई प्रशिक्षण दिइने क्याम्पका संयोजक थमन भुसालले जानकारी दिनुभयाे । आउँदाे २९ गतेसम्म सञ्चालन हुने क्याम्पका लागि इटालियन क्लब एसी मिलानबाट ४ प्रशिक्षकहरु नेपाल आएका छन् ।

इटलीबाट आएका प्रशिक्षकहरुमा पावलो कार्लि, एन्ड्रे निकोली, सिमोन बोनिनी र ग्याब्रियल मराक्को रहेका छन् । 

यी चार जना विदेशी प्रशिक्षकलाई नेपालका १० जना प्रशिक्षकले सहयोग गर्नेछन् । क्याम्पमा सहभागी एक उत्कृष्ट खेलाडीले इटालीको एसी मिलान क्लबमा विशेष प्रशिक्षणको मौका पाउने पनि जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया