ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
सोलुखुम्बु – खुम्बु क्षेत्र गएका पर्यटकका एकजना भरियाको लेक लागेर ज्यान गएको छ । महाकुलुङ गाउँपालिका १ का २१ वर्षीय जयराम कुलुङको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार कुलुङको खुम्बुपासाङल्हामु गाउँपालिका–४ थुक्लामा रहेको अमरबहादुर राईको होटलमा ज्यान गएको हो । हिमालयन एकतासी कम्पनीमार्फत पर्यटक भरियाको रुपमा नाम्चेबाट सगरमाथा आधार शिविर जाने क्रममा लबुचे पुग्दा उनी बिरामी भएका थिए ।
गएको बिहिबार नै कुलुङको ज्यान गएको भए पनि शनिबार मात्रै प्रहरी घटनास्थल पुगेको सोलुखुम्बु प्रहरीले जनाएको छ । बिहीबार नाम्चेबाट गएको प्रहरी टोली शनिबार घटना स्थल पगेको थियो । हिमपात भएका कारण शवको उद्धारमा पनि समस्या भएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।