ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – नाम महिला महोत्सव भए पनि उद्घाटन समारोहमा प्रायः सबै अतिथि पुरुष भएको भन्दै ‘कीर्तिपुर महिला महोत्सव’को निकै आलोचना भयो । सामाजिक सञ्जालमा उद्घाटन समारोहको तस्बिर राखेर आलोचना गर्नेहरु धेरै छन् ।
बिहीबार भएको उद्घाटन समारोहमा कीर्तिपुर महानगरपालिकाकी उपप्रमुखबाहेक अरु सबै अतिथि पुरुष थिए । नाम चाहिँ कीर्तिपुर महिला महोत्सव, तर उद्घाटनमा चाहिँ किन पुरुष मात्रै भनेर प्रश्न गर्नेहरु धेरै भए पनि आयोजकले जवाफ दिएका छैनन् ।
तर महोत्सवमा राखिएका सबै स्टलमा भने महिलाको मात्रै सहभागिता देखियो । महिलाले उत्पादन गरेका विभिन्न सामग्री प्रदर्शनीमा राखिएको थियो । नेवारी संस्कृति र परम्पराको प्रदर्शन गरी कीर्तिपुर महिला महोत्सव शनिबार सकिएको छ ।
कीर्तिपुर नगरपालिकाको आयोजनामा भएको महोत्सवमा १ नम्बरदेखि १० नम्बर वडाका विभिन्न व्यक्ति तथा समूहले उत्पादन गरेका सामग्री, नेवारी खाजाको परिकार, हाकुपटासी बुन्ने तरिका, चिउरा उत्पादन गर्ने पुरानो प्रविधि, कृषिजन्य सामग्रीका विभिन्न स्टल राखिएको थियो ।
यस्तै नेवार समुदायका महिलाहरुको भेषभुषा, परम्परा, मौलिक जीवनशैली बुझाउने संस्कृति र संस्कारको जीवन्त प्रदर्शनी पनि गरिएको थियो । महोत्सव अवधिभर लाखे नाच, धिमे बाजा, विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शनीले आकर्षण थपेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।