सेती नदीमा बगेर बेपत्ता भएका प्राविधिकको शव फेला पर्‍याे

 चैत २४, २०७५ आइतबार १४:४४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी - एक हप्ताअघि डोटीको सेती नदीमा बगेर बेपत्ता भएका रुकुमका प्राविधिक दीपेन्द्र ओलीको शव आइतबार फेला परेको छ । ६ दिनअघि सेती नदीमा डुङ्गा तर्ने क्रममा सेती हाईड्रो पावरमा कार्यरत ओली बगेर बेपत्ता हुनु भएकाे थियाे । 

सशस्त्र प्रहरीको बैजनाथ बाहिनी ७ नम्बरको विपद् व्यवस्थापन टोलीले उहाँको शव फेला पारेको सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलका गणपति तथा एसपी प्रदीपकुमार पालले बताउनुभयो । बगेर बेपत्ता भएका ओलीको शव अछाम र डोटीको सीमा क्षेत्र लोडेघाटमा फेला परेको हाे । 

जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा निर्माण हुन लागेको सेती हाइड्रो पावर निर्माणको ठेक्का रिडाक नेपाल कन्सल्टेन्सीले पाएपछि काम गर्न प्राविधिक ओली डोटी आउनु भएको थियो । 
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया