आकाशमा गड्याङगुडुङ सुनेपछि यसो गर्नुहोस्

 चैत २४, २०७५ आइतबार १४:१६:७ | उज्यालो सहकर्मी

काठमाण्डौ - चट्याङले  हरेक वर्ष ८२ जनाको ज्यान जाने गरेको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । 

चट्याङले मानवीय मात्रै नभई भौतिक क्षति पनि उत्तिकै गर्ने गर्छ । चट्याङबाट हुने मानवीय क्षति कम गर्न घर बाहिर र घर भित्र हुँदा विशेष सावधानी अपनाउनुपर्ने केन्द्रले जनाएको छ ।  

घर बाहिर पौडिने, माछा मार्ने, र्‍याफ्टिङ नगर्ने, खुल्ला मैदान र भिडभाडमा नबस्ने, फुटबल क्रिकेट, गल्फ जस्ता खेलहरु तुरुन्त बन्द गरे क्षति कम गर्न सकिने केन्द्रको भनाई छ ।  

यस्तै घरभित्र हुँदा पनि तारसहितको टेलिफोटन प्रयोग नगर्ने, यदि अत्यावश्यक अवस्थामा प्रयोग गर्नै पर्ने भए मोबाइल वा कर्डलेस फोन मात्र प्रयोग गर्न केन्द्रको सुझाव छ ।  

केन्द्रका अनुसार  टिभी, कम्युटर, फ्रिज जस्ता विद्युतीय सामाग्रीहरु प्रयोग बन्द गरेर त्यस्ता सामाग्रीलाई प्लगबाट छुटाएर राखे चट्याङबाट हुने क्षति कम हुन्छ । धारामा नुहाउने, लुगा धुने, भाँडा माझ्ने काम नगर्ने यदि नुहानै परे बाल्टिनको पानीले नुहाउने वा धुने काम गर्न पनि उसले सुझाव दिएको छ ।   

यसैगरी घर बाहिर रहेको अवस्थामा जङ्गलमा हुँदा स–साना रुखका बीचमा बस्न, पक्की घर वा गाडी नजिक भए झ्याल ढोका बन्द गरेर घर वा गाडीभित्र बस्न, नजिकै हाई भोल्टेजको तार भएमा तारको मुनी नभई दुई खम्बाको बीचमा ओत लागेर बस्न, केही गरी खुल्ला मैदानमा भएका बेला चट्याङ पर्न थाले दुई घुँडाको बीचमा टाउको लुकाएर टुक्रुक्क बस्न पनि केन्द्रले सबैसँग आग्रह गरेको छ । 
 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया