विश्व स्वास्थ्य दिवस: ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड

 चैत २४, २०७५ आइतबार १५:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइएको छ । 

विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबार स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने आवश्यक्तामा जोड दिँदै देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । यसै अवसर पारेर काठमाण्डौको बसन्तपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले नजिकको स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन सबैलाई आह्वान गर्नुभयो ।

उहाँले सरकारले स्वास्थ्य सेवाको पहुँच जनताको घरदैलोमा पुर्‍याउन आवश्यक व्यवस्था मिलाएको दावी गर्दै नजिकको स्वास्थ्य संस्थाबाट आवश्यक सेवा लिन आग्रह गर्नु भयो । सरकारले चालू आर्थिक वर्षभित्रैबाट स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने उद्देश्यका साथ देशभर १ हजार २ सय स्वास्थ्य चौंकी निर्माणको काम सुरु गरेको छ ।

कार्यक्रममा स्वास्थ्यसम्बन्धी चेतना जगाउन चित्रकलाको पनि प्रर्दशन गरिएको थियो । विश्व स्वास्थ्य संगठन स्थापनाको दिन पारेर हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।

हाल विश्वभर करिब ३० करोड मानिसहरु डिप्रेशनको शिकार भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा भने ८ लाख ९० त्यस्ता रोगीहरुको संख्या रहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । डिप्रेशनको रोगीको संख्या घटाउन पनि नेपालमा गरिबी र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया