जन्मका आधारमा नागरिकता पाएकाका सन्तानले पाउन थाले वंशज नागरिकता

 चैत २४, २०७५ आइतबार १७:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जिल्ला प्रशासन कार्यालय पर्साले जन्मका आधारमा नागरिकता पाएकाको सन्ततिलाई वंशजका आधारमा नेपाली नागरिकता दिन सुरु गरेको छ । 

आइतबार वीरगंज महानगरपालिका वडा नम्वर १३ का सुरेन्द्र साह सोनार र तारादेवी सोनारका जुम्ल्याहा सन्तान लाई वंशज आधारमा नागरिकता उपलब्ध गराएको हो । 

२० वर्षीया अनुकुमारी सर्राफ र विकासकुमार सर्राफले आइतबार जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा नागरिकता प्राप्त गर्न सफल भएका हुन् । यस्तै वीरगंज १३ कै महमद आलम र सवाना खातुनका छोरा १८ वर्षीय मोहमद शेष अरमान आलमले पनि वंशजका आधारमा नागरिकता पाएका छन् । तीनै जनालाई पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नागरिकता हस्तान्तरण गर्नुभएकाे थियाे । 

दुवै परिवारका बुवाले जन्मको आधारमा नागरिकता लिएका थिए भने आमाले वैवाहिक अंगिकृत नागरिकता लिएका थिए । जन्मका आधारमा नागरिकता पाएकाको सन्तानले वंशजका आधारमा नागरिकता पाउनुपर्ने  माग विगत लामो समयदेखि उठाउँदै आएको भए पनि त्यो पूरा हुन सकेको थिएन । 

गृह मन्त्रालयले १९ चैतमा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो ।

परिपत्रपछि जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई जिल्ला प्रशासन कार्यालयले वंशजका आधारमा नागरिकता उपलब्ध गराउन लागेको हो ।  

जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय सार्वजनिक भएपछि अहिले पर्सालगायत देशैभरका प्रशासन कार्यालयमा वंशजका आधारमा नागरिकता लिन आउनेहरुको भीड बढेको छ ।

आइतबार तीन जनालाई वंशजको आधारमा नागअधिकारी नारायणप्रसाद भट्टरिकता उपलब्ध गराउँदै अबदेखि जन्मका आधारमा नागरिकता पाएका सन्ततिलाई वंशजको नागरिकता दिने प्रकृया कार्यान्वयनमा ल्याइएको पर्साका प्रमुख जिल्ला राईले बताउनुभयो ।  

गृहमन्त्रालयले संविधानको धारा ११ को उपधारा (३) बमोजिम जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजका आधारमा नागरिकताको प्रमाणपत्र दिनु भनी परिपत्र पठाएको हुँदा त्यस्तो नागरिकता प्रदान गर्न शुरु गरिएको भट्टराईले बताउनुभयो ।  

वि.संं. २०६३ मा नागरिकता टोलीले गाउँ–गाउँ पुगेर जन्मका आधारमा नागरिकता प्रदान गरेको थियो । जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान वालिग भइसक्दा पनि नागरिकता नपाउँदा पढाइ र रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको भन्दै नागरिकता पाउनुपर्ने माग गर्दै आएका थिए ।  

आइतबार नागरिकता पाउनुभएकी अनुकुमारी सर्राफले वंशजको आधारमा नागरिकता पाउँदा खुशी लागेको भन्दै अब जागिर खानका लागि ढोका खुलेको बताउनुभयो । नागरिकता नहुँदा सरकारी सेवामा आवेदन दिनबाट बञ्चित हुँदै आउनुभएको थियो । अब त्यो अवरोध भने हटेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया