टी–२० मा सन्दीपको ५० औं विकेट

 चैत २४, २०७५ आइतबार १८:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० खेलमा ५०औं विकेट लिएका छन् । रोयल च्यालेन्जर्स बैङ्गलोरविरुद्धको खेलमा १ विकेट लिँदै १८ वर्षीय युुवक ५० विकेट लिने पहिलाे नेपाली बलर भएका छन् ।  

टस जितेर दिल्लीले पहिले बलिङ गर्ने निर्णय गरको थियो । ब्याटिङमा उत्रिएको बैङ्गलोरले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ र मोइन अलीले ३२ रनको योगदान गरे । 

बैङ्गलोरलाई सस्तैमा समेट्न कागिशो रवाडाले ४ ओभरको स्पेलमा २१ रन दिँदै ४ विकेट लिए । क्रिस मोरिसले २ विकेट लिँदा अक्षर पटेल र सन्दीपले १/१ विकेट बाँडे । आजको खेलमा सन्दीप महङ्गो सावित भए । उनले ४ ओभरमा ४६ रन दिँदै १ महत्वपूर्ण विकेट लिएका हुन् ।  

सन्दिपले गत संस्करणको आईपिएलमा बैंग्लोर बिरुद्धको खेलबाट नै ट्वान्टी ट्वान्टीमा डेब्यू गरेका थिए । त्यसयता सन्दिपले ४० खेलमा ५० विकेट पूरा गरेका हुन् । सन्दीप पछाडि टी-२० मा नेपालको लागि धेरै विकेट लिने सूचिमा बसन्त रेग्मी रहेका छन् , उनले ३५ खेलमा ४६ विकेट लिएका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया