आईपीएल: बेंग्लाेरकाे लगातार छैटाैैं हार, दिल्लीले तेस्राे जित निकाल्याे

 चैत २४, २०७५ आइतबार २०:५:० | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली  क्यापिटल्सले रोयल च्यालेञ्जर्स बैंलोरलाई ४ विकेटले हराएको छ ।

जारी प्रतियोगितामा बैंग्लोरको यो लगातार छैटौं हार हो भने दिल्लीले तेस्रो जित निकालेको छ । घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बैग्लोरले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४९ रन बनायो । ४० रनमा दुई विकेट गुमाएको बैंग्लोरले एक सय तीन रन बनाउँदा चार विकेट खेर फाल्यो ।

उसका लागि कप्तान विराट कोहलीलले ४१ रन बनाए भने मोयन अलीले ३२ तथा अक्षदिप नाथले १९ रन बनाए ।यस्तै एबी डिभिलियर्सले १७ रन बनाउँदा मार्कस स्टोइनिसले १५ रनको योगदान गरे ।

कागिसाे रवाडाले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । यस्तै नेपाली बलर सन्दीप लामिछानेले एक विकेट लिए ।

जवाफमा दिल्लीले सुरुवात राम्रो गर्न नसकेपनि कप्तान श्रेयस ऐयरको उत्कृष्ट ब्याटिङका कारण ७ बल बाँकि हुँदा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका ओपनर शिखर धवन खाता खोल्न नपाउँदै आउट भए भने त्यसपछि पृथ्वी शा २८ रन बनाए भने इन्ग्रामले २२ तथा कप्तान श्रेयस ऐयरले ६७ रन बनाए ।

उनले ५० बलमा आठ चौका र दुई छक्का प्रहार गरे । जितसँगै दिल्लीले ६ खेलमा ६ अंक बनाएको छ । हारपछि बैंग्लोरको शीर्ष चारमा पुग्ने सम्भावना लगभग सकिएको छ ।

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया