प्रदेश-३ लाई यू–१६ क्रिकेट लिगको उपाधि

 चैत २५, २०७५ सोमबार १९:२०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रदेश नम्बर ३ ले अण्डर १६ (यू–१६) क्रिकेट लिगको उपाधि जितेको  छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ ले उपाधि जितेकाे हो ।  

टस जितेर पहिले ब्याटिङ्ग गरेको प्रदेश ३ ले निर्धारित ३० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । उसका लागि अभिषेक उपाध्यायको अर्धशतक र प्रशान्त महतको महत्वपूर्ण रन सहायक भयो । रमेश र सुरज खड्काले प्रदेश ५ का लागि २–२ विकेट लिए । 

जवाफमा प्रदेश ५ ले ३० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । उसका लागि विशालले ४४ रन बनाए भने अमरले २९ रन बनाए । प्रदेश ३ का लागि विवेक दराई र दीपक बोहोराले २–२ विकेट हात पार्दा सक्रिय कार्की र तिलक भण्डारीले १–१ विकेट लिए । 

उपाधिसँगै विजयी टोलीका खेलाडीहरुले एक लाख ५० हजार बराबरको क्रिकेट किट हात पारे ।  उपविजेता प्रदेश ५ ले ७५ हजार बराबरको क्रिकेट किट हात पार्‍यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ५ का विशाल विक्रम के.सी घोषित भए ।

यस्तै उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइस भट्टराई र उत्कृष्ट बलर प्रदेश ५ का रमेश कुर्मी घोषित भए । प्रदेश ४ का अर्जुन कुमालले इमर्जिङ्ग प्लेयरको उपाधि हात पारे ।  

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रतियोगिता आगामी अप्रिल १८ देखि २९ सम्म थाइल्याण्डको चियाङ्ग माइमा हुन गइरहेको एसीसी अण्डर १६ इस्टर्न रिजन टुर्नामेन्टको छनोटको रुपमा रहेको थियो । नेपाली टोलीको प्रशिक्षकको रुपमा वसन्त शाही ठकुरी र मन्जुर आलम खान रहेका छन् ।     
 
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया