राष्ट्रिय खेलकुद प्रतियोगिता : हक्कीमा प्रदेश नम्बर-२ को विजयी सुरुवात

 चैत २७, २०७५ बुधबार १५:४३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको  हक्की प्रतियोगितामा प्रदेश नम्बर २ ले विजयी सुरुवात गरेको छ । बुधबार भएको पुरुष हक्की प्रतियोगितामा प्रदेश नम्बर २ ले  प्रदेश नम्बर ३ लाई ५ गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।  

प्रदेश नम्बर २ का  खेलाडी मनोज शाहले २४ औं मिनेटमा पहिलो गोल गरे । खेलको ३८ औँ मिनेटमा २ नम्बर गोविन्द अधिकारीले दोस्रो गोल गरे । त्यस्तै खेलको ५२ औँ र ५४ औँ मिनेटमा २ नम्बर प्रदेशका क्याप्टेन हरविन्द्र सिंहले दुई गोल गरे । आक्रामक रुपमा मैदानमा उत्रिएको २ नं. प्रदेशका खेलाडीले बललाई आफ्नो कोर्टतर्फ आउन दिएनन् ।
 
निरन्तर दबाबमा राख्दै २ नं. प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । तेस्रो खेल दिउँसो ४ बजे प्रदेश नम्बर ५ र प्रदेश १ बीच हुनेछ । 

यसअघि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलो खेल बराबरीमा टुंगिएको छ । गण्डकीका प्रशिक्षक राजेन्द्र पाठकले  आर्मीलाई बराबरीमा रोक्नु भनेको फाइनल जित्नु नै भएको बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया