खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
मानिस प्रजातिको सूचीमा अर्को एउटा नाम थपिएको छ । लोप भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्समा भेटिएको बीबीसीले उल्लेख गरेको छ । यो प्रजातिको नाम ‘होमो लूजोनेसिस’ राखिएको छ ।
यो प्रजातिको विशेषता प्राचीन मानव प्रजाति र अहिलेको मानव प्रजातिसँग मिल्ने किसिमको छ । यो प्राचीन मानवको सम्बन्ध अफ्रिकासँग जोडिएको र पछि दक्षिण पूर्व एशियामा बसाईं सरेको हुनसक्ने अनुमान गरिएको छ ।
नेचर पत्रिकाका अनुसार ‘होमो लूजोनेसिस’को अवशेष लूजोनको उत्तरतर्फ रहेको कैलाओ गुफामा भेटिएको हो । यो ६७ हजार देखि ६० हजार वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ ।
यो अवशेषमा मानव शरिरका तीनओटा भागहरु भेटिएका छन् । जसमा दाँत, हात र खुट्टाको हड्डी रहेको छ । यसलाई सन् २००७ मा गुफाको उत्खननका बेला निकालिएको थियो ।
होमो लूजोनेसिसका विशेषता २० देखि ४० लाख वर्षअघि अफ्रिकामा उभिएर हिँड्ने बाँदरजस्ता देखिने अस्ट्रलोपेथेसीन नामको मानव प्रजातिसँग मिल्न जान्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।