बँदेलको आक्रमणबाट ९ जना घाइते, ३ को अवस्था गम्भीर

 चैत २८, २०७५ बिहीबार १५:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी - जंगली जनावर बँदेलको आक्रमणमाबाट महोत्तरीमा ९ जना घाइते भएका छन् । बर्दिवास नगरपालिका ९ पशुपतिनगरमा बँदलेको आक्रमणबाट ३ जना गम्भीर घाइते भएका छन् भने ६ जना समान्य घाइते भएका छन् । 

बँदेलको आक्रमणबाट घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ ।  गम्भीर घाइते भएकी घुरनी देवी महतोलाई जनकपुर अञ्चल अस्पतालमा समान्य उपचार पछि थप उपचारको लागि धरान रेफर गरिएको छ । त्यस्तै सुभाष आलेलाई जनकपुर अञ्चल अस्पताल र कालाबत्ती देवीलाई उपचारको लागि लालगढस्थित मोडेल हस्पिटलमा लगिएकोे इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिनुभयो । 

बिहीबार बिहान गाँउमा आएको बँदेलले  स्थानीय रबिन्द्र महतोले चलाउँदै गरेको ज ८ प ८७८२ नम्बरको मोटरसाइकलमा र ज १ ह ४५८० नम्वरको अटो रिक्सामा धक्का दिएको थियो । बँदेलले आक्रमण गर्ने क्रममा पशुपतिनगरमा रहेको सशस्त्र प्रहरी बलले बँदेल धपाउन सहयोग नगरेको भन्दै स्थानीयहरुले सुरक्षा वेशमा ढुङ्गामुढा गरेका थिए ।

बँदेलमाथी प्रहरीले गोली किन प्रहर गरेन भन्दै स्थानीयहरुले ढुङ्गामुढा गर्दा सेन्टीमा बसेको एक जना जवान घाईत भएको सशस्त्र वेश क्याम्प पशुपतिनगरले जनाएको छ । आक्रमक बँदेललाई सम्बन्धित निकाय र प्रहरीले नियन्त्रणमा लिनुपर्ने हिसाबले प्रहरीलाई दबाव दिन छलफल अगाडी बढाएको बर्दिबास नगरपालिका – ९, पशुपतिनगरका वडा अध्यक्ष टेकविर रखालले बताउनुभयो । 

बँदेलको आक्रमणबाट घाइते भएकाहरुको उपचार खर्चमा ध्यान दिने बर्दिवासका नगर प्रमुख विदुर कुमार कार्कीले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया