तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले सिङ्गापुरसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोटका लागि ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
नेपालले सिङ्गापुरसँग आउँदो मार्च २१ मा खेल्नेछ भने एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग खेल्नेछ । एक वर्षको कार्यकालका लागि गएको आइतवार नियुक्त भएका रोसको यो यो पहिलो खेल हुनेछ ।
नेपालको प्रारम्भिक टोलीको गोलकिपरमा किरण कुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल र अञ्जल श्रेष्ठ छन् । यस्तै डिफेन्डरमा अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ र अशोक खवास छन् ।
यसैगरी मिडफिल्डरमा लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान र कृतिश रत्न छुन्जु छन् । यस्तै फरवार्डमा जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम र निराजन धामी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।