कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
नेपालले यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटको पहिलो खेलमा सिंगापुरलाई २ सय ८३ रनको बलियो लक्ष्य दिएको छ । नेपालको तर्फबाट रोहितकुमार पौडेलले कप्तानी पारी खेले ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै २ सय ८२ रन बनायो । १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए । उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए । जसमा पवनले ४७ रन बनाए । रित गौतम तीन रनमा र आशिफ शेख मात्र आठ रनमा आउट भएपछि नेपालले १९ रनमा २ विकेट गुमाएको थियो ।
त्यसपछि पवन र सन्दीप जोरा लगातार रुपमा आउट भएपछि नेपालले एकसय आठ रनमा चार विकेट गुमायो । नेपालका लागि भीम सार्कीले २६ तथा कुशल मल्लले १० रन बनाए । सातौ विकेटका लागि रोहित र रासिद खानले ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितीमा पुर्याएका थिए । तर रासिद ४८ रनमा रनआउट हुँदा नेपालका स्कोर दुई सय ३७ रन थियो ।
त्यसपछि नेपालको स्कोर दुई सय ७४ रन हुँदा रोहित कुमार पौडेल आउट भए । उनी सतक बनाउनबाट मात्र ५ रनले चुके । उनले एक सय ५ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि कमलसिंह ऐरी पनि ३१ रनमा आउट हुँदा अन्तिमका खेलाडीले खाता खोल्न सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।