यू–१९ विश्वकप एसिया छनोट : नेपालको शानदार जित

 चैत २९, २०७५ शुक्रबार १४:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरु गरेको छ । शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै दुई सय ८२ रन बनायो । नेपालको पारीमा कप्तान रोहित कुमार पौडेल शतक बनाउनबाट ५ रनले चुके । १८ रन बनाउँदा दुई विकेट गुमाएको नेपालको पारीलाई पवन शर्राफ र रोहितकुमार पौडेलले सम्हालेका थिए ।

उनीहरुले तेस्रो विकेटका लागि एक सय आठ रनको साझेदारी गर्न सफल भए । जसमा पवनले ४७ रन बनाए । रीत गौतम तीन रनमा र आशिफ शेख आठ रनमा आउट भएपछि नेपालले १९ रनमा दुई विकेट गुमाएको थियो ।

त्यसपछि पवन र सन्दीप जोरा लगातार रुपमा आउट भएपछि नेपालले एक सय आठ रनमा चार विकेट गुमायो । नेपालका लागि भिम सार्कीले २६ तथा कुशल मल्लले १० रन बनाए । सातौं विकेटका लागि रोहित र रासिद खानले ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुरर्‍याएका थिए । तर रासिद ४८ रनमा रनआउट हुँदा नेपालका स्कोर दुई सय ३७ रन थियो ।

त्यसपछि नेपालको स्कोर दुई सय ७४ रन हुँदा रोहित कुमार पौडेल आउट भए । उनले एक सय ५ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि कमलसिंह ऐरी पनि ३१ रनमा आउट हुदा अन्तिमका खेलाडीले खाता खोल्न सकेनन् ।

जवाफमा सिंगापुर ३१ ओभरमा मात्र ६५ रनमा अलआउट भयो । नौ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले २९ रन बनाउदा चार विकेट खेर फालेको थियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपालका लागि रासिद खान र कुशल मल्लले चाब्रियालाई दुई रनमा रन आउट गरे । त्यसपछि नेपालले सिंगापुरको स्कोर १४ रन हुँदा दोस्रो विकेट लिन सफल भयो । उसका कप्तान अमन देसाईलाई ब्यक्तिगत एक रनमा कुशल मल्लले आउट गरे । सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसको स्कोर २४ रन हुँदा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । ओपनर वेणुगोपाल १८ रनमा आउट भए ।

त्यसपछि सिंगापुरले स्कोरबोर्डमा अरु ५ रन थप्दा नेपालले चौथो विकेट लियो । उसका सिंगावीलाई सौरभ ढकालले रनआउट गरे । त्यसपछि नेपालका रासिद खानले सिंगापुरको ५ औं विकेट लिन सफल भयो । सो बेला उसका स्कोर ४२ रन थियो । त्यसको लगत्तै सिंगापुरको स्कोर ४५ रन हुँदा नेपालले छैटौ विकेट लियो । पवन सराफले राहुल शर्मालाई खाता खोल्न नदिइ आउट गरे । त्यसपछि फेरी पवनले नै नेपाललाई सातौ सफलता दिलाए । उनले श्रीदेवलाई मात्र एक रनमा आउट गरे । कसिलो बलिङ गरेको नेपालका शूर्य तामाङले २७ औं ओभरमा सिंगापुरको लगातार दुई विकेट लिए । जसका कारण सिंगापुरले ६५ रनमा नौ विकेट गुमायो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया