च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । आज पनि नेपाल टस हारेर पहिला ब्याटिङ गर्दैछ ।।
आजको खेलबाट हरिबहादुर चौहानले डेब्यू गरेका छन् । सूर्य तामाङको स्थानमा हरिलाई डेब्यू गराइएको हो । अन्य खेलाडी भने परिवर्तन गरिएको छैन ।
नेपालले हिजो सिंगापुरलाई पराजित गरेको थियो । प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले हराएको नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यता यूएईले पनि मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।यो प्रतियोगिताका दुई बलिया टिम मानिएका नेपाल र यूएईविरुद्धको खेलले प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमको बाटो तय गर्नेछ ।
नेपाली टिमका प्रशिक्षक विनोद दासले यूएईविरुद्धको खेल नेपालका लागि रियल टेष्ट हुने बताएका छन् । उनले सिंगापुरविरुद्ध जस्तो प्रदर्शन टिमले गर्यो त्यसको परीक्षण युएईविरुद्ध हुने बताए । हुन त नेपालले यो उमेर समूहमा सन् २०१३ यता हार्नुपरेको छैन । सन् २०१३ मा ७६ रनले पराजित भएको नेपालले त्यसपछिका लगातार चार खेलमा जीत निकाल्दै आएको छ ।
पछिल्लो पटक नेपाल र यूएईले अन्डर नाइन्टिन टिम युथ एसिया कपमा खेलेका थिए । जसमा नेपालले ६ रनले पराजित गरेको थियो । नेपालले त्यसबेला ७ विकेटको क्षतिमा २७४ रन बनाएको थियो । जवाफमा यूएई २६८ रनमा रोकिएको थियो ।
नेपाललाई आजको खेल पनि त्यो जितको लयलाई कायम राख्ने मौका हुनेछ । सिंगापुरविरुद्ध शतक बनाउनबाट चुकेका रोहित पौडेलको प्रदर्शन आजको खेलमा पनि महत्वपूर्ण हुनेछ । सिंगापुरको तुलनामा यूएईको बलिङ केही बलियो रहेकाले नेपालको ब्याटिङमा टेष्ट हुनेछ ।
यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ३९ रन बनाएको छ । नेपालले पवन शरार्फलाई गुमाएको हो । उनी १२ रन बनाउँदै आउट भएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।