च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपाल एक रनले पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल यूएईसँग डकवर्थ एण्ड लुइसको नियमका आधारमा पराजित भएको हो ।
किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २ सय ४७ रन बनाएको थियो । नेपालले सुरुवात राम्रो गर्न सकेन । २२ रन हुँदा नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १२ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि रित गौतम र आसिफ शेखले ४७ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।
तर आसिफ २७ रनमा आउट भएपछि नेपालले ६९ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि कप्तान रोहितकुमार पौडेल पनि ब्यक्तिगत १८ रनमा पेभेलियन फर्किदा नेपालले स्कोरबोर्डमा ९७ रन बनाएको थियो । त्यसपछि भने नेपालले अरु १८ रन जोड्दा थप दुई विकेट गुमायो । जसका कारण नेपालले एक सय १५ मा ५ विकेट खेर फाल्यो । सन्दिप जोरा मात्र चार रनमा आउट भए भने रित गौतम ४४ रनमा पेभेलियन फर्किए ।
छैटौ विकेटका लागि डेब्यु गरेको हरी चौहान र भिम सार्कीले ९२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । तर भिम ५३ रनमा आउट हुन पुगे । उनले ५४ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । तर यी दुई खेलाडीको साझेदारी टुटेपछि नेपालका पारी एका एक कमजोर बन्यो ।
नेपालले दुई सय २४ रन बनाउदा नौ विकेट गुमायो । पुछारका खेलाडी कुशल मल्ल र रासिद खान एक एक रनमा आउट भए भने कमलसिंह ऐरीले मात्र दुई रन बनाए । नेपालका लागि आज डेब्यु गरेका हरी चौहानले अर्धसतक बनाए । उनले अविजीत ६७ रनको पारी खेले । बलिङमा युएईका रिसव मुखर्जीले चार विकेट लिए ।
नेपालले दिएको दुई सय ४८ रनको लक्ष्य पक्ष्याएको युएइको स्कोर एक सय २२ रनमा तीन विकेटको अवस्थामा भारी बर्षा भएको थियो । जसका कारण खेल संभव हुन सकेन । त्यसअघि यूएईले ५ रन हुँदा हुदा पहिलो विकेट गुमाएको थियो भने २१ रन हुँदा दोस्रो विकेट झर्यो ।
तर तेस्रो विकेटका लागि कप्तान अन्स तन्डोन र भ्रित्या अरविन्दले दरिलो साझेदारी गर्दा नेपाललाई राम्रो चुनौती पस्किए। टिम दबाबमा रहेका बेला यी दुई खेलाडीले शतकीय साझेदारी गर्दै टिमको पारी राम्रोसँग सम्हाले ।
जसमा कप्तान अरविन्दले अर्धशतक प्रहार गरे । तर यूएईको स्कोर एक सय २२ रन हुँदा नेपालले यो साझेदारी तोड्न सफल भयो । उसका अन्स टण्डनलाई सागर ढकालले ५४ रनमा आउट गरे । त्यसपछि वर्षा भएपछि खेलकाे नतिजा डकवर्थ एण्ड लुइसको नियमका आधारमा निकालिएको थियो ।
जसमा यूएईले जितका लागि एक सय २१ रनको नयाँ लक्ष्य पाएको थियो । तर यूएईले एक सय २२ रन बनाइसकेकाले नेपाल एक रनले पराजित भयो । जितसँगै यूएई दुई खेलमा चार अंक बनाउदै अंकतालिकाको शीर्ष स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।