इटालियन सिरि ए: लगातार आठाैं पटक उपाधिकाे कीर्तिमान बनाउन युभेन्टसलाई अर्काे खेल जित्नुपर्ने

 चैत ३०, २०७५ शनिबार २१:५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरि ए फुटबलको उपाधि लगातार आठ पटक जित्ने कीर्तिमान बनाउन युभेन्टसलाई अझै अर्को खेल कुनुपर्ने भएको छ ।

शनिबार राति स्पालसँग २–१ गोल अन्तरले पराजित भएपछि युभेन्टसलाई बाँकी खेल कुनुपर्ने भएको हो । सन २०११ देखि लगातार उपाधि जित्दै आएको युभेन्टस जारी लिगमा ८४ अंकसहित शीर्ष स्थानमा रहेको छ । उसले ३२ खेलबाट ८४ अंक पुर्‍याउरँदा दोस्रो स्थानमा रहेको नापोलीको ६४ अंक रहेको छ ।

युभेन्टसले शनिबारको खेल जितेको भए नापोलीको ७ खेल बाँकी छँदै २२ अंकको अग्रतासहित उपाधि जित्ने थियो । तर क्रिष्टियानाे रोनाल्डो विना नै मैदान उत्रिएको युभेन्टसले सुरुआती अग्रता जोगाउन नसक्दा स्पालसँग अंक गुमाउन बाध्य भयाे ।

मोइस केनको गोल मार्फत ३० औं मिनेटमा युभेन्टसले अग्रता बनाएको थियो । केभिन बोनिफिाजाइले पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्काएपछि पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको थियो ।

तर ७४ औं मिनेटमा सर्जियो फोल्जारीले गोल गरेपछि युभेन्टसको उपाधि केही खेल टाढा हुन पुग्यो । आइतबार नापोली कालगिरीसँग पराजित भएमा युभेन्टसले उपाधि जित्ने छ । युभेन्टसले अहिले २० अंकको अग्रता बनाएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया