च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले पहिलो जित निकालको छ । जारी प्रतियोगितामा लगातार ६ खेलमा पराजित भएको विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गरेको हो ।
पञ्जाबले दिएको १७४ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा २ गुमाएर भेटाएको थियो । बेंग्लाेरलाई जिताउन कप्तान कोहली र एबी डेभिलियर्सले उत्कृष्ट साझेदारी गरेका थिए । कोहलीले ६७ रन बनाउँदा, पार्थिक पटेल १९ रनमा आउट भएका थिए । कोहली आउट भएपछि क्रिजमा आएका मार्कस स्टुनिसले डेभिलिययर्ससँग मिलेर बैंग्लोरलाई पहिलो जित दिलाए ।
डेभिलियर्स ५९ रनमा नट आउट रहँदा स्टुनिस पनि २८ रनमै नट आउट रहेका थिए । पञ्जाबका लागि क्रिस गेलले नट आउट ९९ रन बनाए पछि निर्धारित ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । गेलले जीवन दान पाएपछि अन्तिमसम्म नट आउट रहे ।
९९ रनको पारि खेल्दा गेलले ५ छक्का तथा १० चौका प्रहार गरेका थिए । मन्दीप सिंह १८ रनमा नट आउट रहँदा केएल राहुल पनि १८ रनमा आउट भए । यसैगरी बेंग्लोरका युजबेन्द्र चहलले २ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।