इण्डियन प्रिमियर लिग: टस जितेकाे चेन्नई कोलकाताविरुद्ध बलिङ गर्दै

 बैशाख १, २०७६ आइतबार १६:१५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इण्डियन प्रिमियर लिग अन्तर्गत आइतबार दुई खेल हुँदैछ । कोलकाताको इडेन गार्डेन्स मैदानमा सवा चार बजे सुरु हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स खेल्दैछन् । 

टस जितेको चेन्नईले पहिला बलिङ गर्दैछ । सात खेलमा ६ खेल जितेको चेन्नई १२ अंकका साथ अंक तालिकाको पहिलो नम्बरमा छ भने समान सात खेलमा ४ खेल जितेको कोलकाताको ८ अंकसहित दोस्रो नम्बरमा छ । 

यसअघिको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ४ विकेटले हराएको थियो भने कोलकाताले दिल्ली क्यापिटल्ससँग ७ विकेटले हार बेहोरेको थियो । 

राति सवा ८ बजे हुने दोस्रो खेलमा सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स भिड्दैछन् । पछिल्लो खेलमा दिल्लीले कोलकातालाई हराउँदा हैदराबादले भने पञ्जाबसँग हार बेहोरेको थियो । 

दिल्ली आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ भने हैदराबाद आजको खेल जित्दै सुरुवाती ४ मा पर्ने सम्भावना जीवित राख्न चाहन्छ ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया