च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - म्यानमारको यांगुनका कुआंग खात लिन १६ वर्षका भए । उनको दायाँ खुट्टा खराब छ । जसका कारण उनी बैसाखी लिएर हिँड्छन् । तर उनी राम्रो फुटबल खेल्छन् भन्दा पत्यार नलाग्न सक्छ ।
बैसाखीको सहाराले हिँडे पनि फुटबल खेल्दा देब्रे खुट्टाले राम्रोसँग बललाई नियन्त्रणमा लिन सक्छन् । अझ अचम्मको कुरा के हो भने हालै भएको स्थानीय टुर्नामेन्टमा कुआंग उत्कृष्ट खेलाडी नै घाेषित भए । उनी अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीका ‘डाइ हार्ड’ फ्यान पनि हुन् ।
कुआंगले भने ‘जब म फुटबल खेल्न सुरु गर्छु, मैले मेरो खुट्टा कमजोर छ भन्ने कुरा नै बिर्सन्छु र अरु सामान्य मान्छेजस्तै खेल्छु । उनी अहिले पनि नियमित रुपमा म्यानमारको यांगुन बाहिरको क्षेत्रमा रहेको फुटबल मैदानमा अभ्यास गर्दै आएका छन् । खेल्दा पनि बैसाखी नछाड्ने कुआंगमा विपक्षी खेलाडीलाई बल छलाउने कला अचम्मको रहेको छ ।
उनको खुट्टा सानैदेखि खराब थियो । पाँच वर्षको उमेरमा नै बैसाखीको सहारामा रहेका बेला उनल्फे टबल किक हानेका थिए । उनका साथीहरु कुआंगलाई फुटबलमा रोक्न गाह्रो पर्ने बताउँछन् । स्कूलमा पनि उनी मेहनती विद्यार्थीमा पर्छन् । उनको इच्छा भनेको मेकानिकल इन्जिनीयर तथा फुटबलको प्रशिक्षक बन्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।