च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
अर्को महिना इंग्ल्याण्डमा हुने आईसीसी विश्वकप क्रिकेटका लागि देशहरुले टिमको घोषणा गर्ने क्रम सुरु भइसकेको छ ।
यस क्रममा गएकाे साता नै न्यूजिल्याण्डले टिमको घोषणा गरिसकेको छ भने भारतले सोमबार टिमको टुंगो लगाउने संकेत गरेको छ । बीसीसीआईकाे टिम छनोट समितिको सोमबार बस्ने बैठकले १५ सदस्यीय विश्वकप क्रिकेट खेल्ने खेलाडीको सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।
भारतीय टिमका कप्तान विराट कोहलीले अस्ट्रेलिया सिरिजपछि टिममा स्थान बनाउनका लागि एक जना खेलाडीको मात्रै आवश्यकता परेको र अहिले पुरै टिम सेट भएको बताएका थिए । इंग्ल्याण्डमा हुने विश्वकपका लागि लगभग भारतीय टिमको नाम आइसकेको छ ।
विकेट किपरको रुपमा महेन्द्रसिंह धोनीले खेलिरहेकाले दोस्रो विकेटकिपरको रुपमा ऋषभ पन्त र दिनेश कार्तिकका बीचमा प्रतिस्पर्धा छ । आईपीएलमा ऋषभले अहिलेसम्म २२२ रन बनाइसकेका छन् भने कार्तिकले जम्मा ९३ रन जोडेका छन् । रनको हिसाब गर्ने हो भने ऋषभ अगाडि नै छन् । ऋषभको अर्को विशेषता भनेको ओपनिङदेखि ७ नम्बरसम्म ब्याटिङ गर्न सक्छन् ।
तर विकेट किपिङमा भने ऋषभले धेरै मेहनत गर्नु पर्नेछ । उनको आईपीएलको प्रदर्शन त्यति सन्तोषजनक छैन । ऋषभको तुलनामा दिनेश कार्तिक धेरै नै अनुभवी खेलाडी हुन् । तर उनको प्रदर्शन पछिल्लो एक वर्षमा उत्कृष्ट छैन ।
भारतलाई पछिल्लो समय ओपनिङले पनि सताएको छ । रोहित शर्मा र शिखर धवनले ओपनिङ गरे पनि तेस्रो विकल्पको रुपमा केएल राहुल रहेका छन् । जारी आईपीएलमा राहुलले ३३५ रन बनाउँदै बलियो दावेदारी प्रस्तुत गरेका छन् । उनी दोस्रो विकेटकिपरको रुपमा छनोट हुँदा ऋषभ र दिनेश विश्वकपको टिममा नपर्न पनि सक्छन् ।
यदि राहुललाई टिममा ल्याउने हो भने चौथो नम्बरको ब्याट्सम्यानका रुपमा अम्वाती रायडू सेट हुन सक्छन् । रायडूको पक्षमा कप्तान कोहली र रवि शास्त्री देखिएका थिए । तर घरेलु क्रिकेट नखेल्ने रायडूको निर्णय र तीव्र गतिका बलरको सामना गर्ने उनको कमजोर रणनीतिका कारण अप्ठेरो छ ।
यदि छनोट समितिले विजय शंकरलाई चौथो नम्बरको ब्याट्सम्यानको रुपमा उपयुक्त देखेमा रायडूका लागि विश्वकपको ढोका बन्दजस्तै हुने छ । इंग्ल्याण्डको पिचका कारण पनि भारतलाई अतिरिक्त तीव्र गतिको बलर पनि छान्नु पर्ने बाध्यता छ । उमेश यादवको प्रदर्शन राम्रो छैन भने खलील अहमदबाट पूर्णरुपमा विश्वास गर्ने अवस्था देखिएको छैन ।
सम्भावित भारतीय टिम: विराट कोहली (कप्तान) रोहित शर्मा (उपकप्तान) शिखर धवन, केएल राहुल, महेन्द्रसिंह धोनी, केदार जाधव, हार्दिक पाण्ड्या, विजयी शंकर, कुलदीप यादव, युजबेन्द्र चहल, जसप्रीत बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी र रवीन्द्र जडेजा ।
१५ औं खेलाडी का लागि भारतसँग विकल्पहरु रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।