यू–१९ विश्वकप एसिया छनोट: नेपाल र मलेसियाबीच खेल सुरु

 बैशाख २, २०७६ सोमबार ८:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी यू–१९ एसिया छनोटमा नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

क्वाललम्पुरमा सुरु भएकाे खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाललाई दोस्रो खेलमा वर्षाले धोका दिएको थियो ।

वर्षा भएपछि डिएलए नियम अनुसार नेपाल यूएईसँग १ रनले पराजित हुन पुगेकाे थियाे । ८ टिम सहभागी यस प्रतियोगितामा शीर्ष बन्ने टिम दक्षिण अफ्रिकामा आयोजना हुने यू- १९ विश्वकपमा छनोट हुने छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया