यू–१९ विश्वकप एसिया छनोट : मलेसियाले नेपाललाई दियाे ९३ रनकाे लक्ष्य

 बैशाख २, २०७६ सोमबार ९:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत साेमबार भएकाे खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ ।

क्वलालम्पुरमा टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसियाले ३३.४ ओभरमा अल आउट हुँदै ९२ रनमात्रै जाेड्न सक्याे ।  

मलेसियालाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवर्न शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए ।

यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए ।

मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे ।

यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९४ रनकाे लक्ष्य पछ्याउँदै नेपालले केही बेरमा जवाफी व्याटिङ थाल्दै छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया