च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
नेपालगञ्ज - आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको साइक्लिङमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका ओकेशरत्न बज्राचार्य र महिलातर्फ प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएका छन् ।
आर्मीका ओकेशरत्नले १ घन्टा २५ मिनेट ०९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जिते भने आर्मीकै हिमाल टमाटाले १ घन्टा २६ मिनेट ०९ सेकेन्डमा पूरा गर्दै रजत पदक जित्न सफल भए । यस्तै गण्डकी प्रदेशका हिक्मत विकले १ घन्टा २६ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै कास्य पदक प्राप्त गरे ।
यस्तै महिलातर्फ स्वर्ण जित्न सफल लक्ष्मीले १ घन्टा २० मिनेट ५२ सेकेन्डमा दूरी पार गरिन् । गण्डकी प्रदेशकी उषा खनालले १ घन्टा ३३ मिनेट ३८ सेकेन्डमा दूरी पार गर्दै रजत जितिन् भने प्रदेश ३ की निर्जला ताम्राकाकरले १ घन्टा ३५ मिनेट ५६ सेकेन्डमा दूरी पार गर्दै कास्य जितेकी हुन् ।
सोमबार वैजनाथ–१, गाभरमा भएको साइक्लिङ विधा अन्तर्गतको क्रसकन्ट्री ओलम्पिकमा पुरुषतर्फ ४.६ किमीको ५ ल्याप र महिलातर्फ ४.६ किमीको ४ ल्यापमा प्रतियोगिता गराइएको थियो ।
विजयी खेलाडीहरुलाई प्रदेश ५ का सांसद आइपी खरेल, प्रदेश ५ खेलकुद विकास समिति अध्यक्ष भीम ओली लगायतले मेडल, प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।