कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको सङ्कल्प प्रस्ताव पारित
बैशाख ७, २०८१ शुक्रबार
स्पेनिस ला लिगामा रियल मड्रिडले अर्को बराबरी खेलेका छ । सोमबार राति भएको खेलमा लेगानेससँग एक–एक गोलको बराबरीमा रोकिएपछि रियललाई अर्को धक्का लागेको छ ।
लेगानेसको मैदानमा भएको खेलमा रियललाई करिम बेन्जिमाले हारबाट बचाए । खेलको पहिलो ४० मिनेट गोलरहित बराबरी भएको खेलको ४५ औं मिनेटमा जे सिल्भाले गोल गर्दै घरेलु टिम लेगानेसलाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफको सुरुवातमा नै अर्थात ५१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियलले बराबरीमा चित्त बुझायो ।
यो बराबरीले रियल शीर्ष दुईमा रहेको एट्लेटिकोसँगको दूरी कम गर्न पनि असफल भएको छ । रियलको ३२ खेलमा ६१ अंक भएको छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ७४ र एट्लेटिकोको ६५ अंक छ ।