महोत्तरीका किसानहरु पानी किनेर रोपाइँ गर्दै

 असार १५, २०७५ शुक्रबार १४:४४:२६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - समयमा पर्याप्त पानी नपरेपछि  महोत्तरीका किसानहरु छिमेकीले बाेरिङ गरेकाे पानी  किनेर राेपाइँ गर्न बाध्य छन् ।

गौशाला नगरपालिका-११ का किसान किशोर महतोले आफनो ७ कट्ठा खेतमा धान रोपिसकेका छन् । 

आफनो स्रोतसाधन नभएकाले किशोरले छिमेकीको बाेरिङ्गबाट पानी किनेर धान रोपेका हुन । उनले प्रतिघण्टा २ सयका दरले खेतमा पानी किनेर ल्याएर धान रोपेका बताए । 

त्यस्तै गौशाला ११ कालिपुरका अर्का किसान परशुराम महतोले आफनो १० कट्ठा क्षेत्रफलमा धान रोप्ने सोच बनाएका छन् । 

ब्याडमा धानको वेर्ना तयारी अवस्थामा रहेको छ तर समयमा पानी नपर्दा उनी समयमा धान रोप्न नसकेको बताए । 

अाकाशे पानीको धेरै प्रतिक्षा गरेर समयमा धान रोपेन भने उब्जाउमा कमी हुने भएकोले जसोतसो धान खेतमा रोप्ने उनको सोच रहेको छ । 

त्यस्तै धान खेतीमा परिवारसहित नै दिनभरि नै व्यस्त रहेका अर्का किसान रामजीवन महतोले एक विघामध्ये १० कट्ठा जग्गामा धान भने रोप्न भ्याएका छन् । 

रामजीवनले बर्सेनि आफ्नै इनारमा पानी तान्ने माेटर लगाएर धान खेती गर्दै आएका छन् । 

पर्याप्त मात्रामा वर्षा नभएपछि महोत्तरीका किसानहरु विगत झै‌ं यस वर्ष पनि बाेरिङ्गबाट पानी किनेर धान रोप्नमा बाध्य भएका हुन् । 

अकाशे पानीकाे भरमा खेतीपाती गर्दै आएका यहाँका किसानहरु असारको पहिलो साता बित्न लाग्दा समेत पर्याप्त रुपमा पानी नपरेपछि जसोतसो खाली रहेको खेतमा धान रोप्दै आएका छन् । 

गएकाे वैशाखको अन्तिम साता हुरीसँगै आएको छिटफुट वर्षाको पानीले ब्याडमा बीउ राखेका किसानहरुले अहिले जसोतसो धान रोप्न थालेका हुन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया