थापाथली सडकमा ५ लाख लिटर पानी खेर गयाे
फागुन २०, २०८१ मंगलबार
रसुवा – लाङटाङ पदमार्गको नाम परिवर्तन गरेर डा. प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग नामकरण गरिएको छ ।
जिल्लाको स्याफ्रुदेखि क्यान्जिनसम्मको पदमार्गलाई मंगलबार डा. प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग घोषणा गरिएको हो । रसुवाको सदरमुकाम धुन्चेमा सञ्चालन भइरहेको सातौँ लाङटाङ संरक्षण तथा पर्यटन उत्सव कार्यक्रमको अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले मंगलबार पदमार्गको घोषणा गर्नु भएको हो ।
पदमार्गको स्तरोन्नतिको लागि प्रदेश सरकारले पर्यटन विकास आयोजना मार्फत ५० लाख रुपैयाँ विनियोजन गरेको छ । पर्यटनको विकास र विस्तारका लागि पदमार्गलाई सुरक्षित, भरपर्दो र आकर्षक बनाउने सरकारी नीति रहेको छ ।
स्याफ्रुबेँसी-क्यान्जिन पदमार्गलाई हिमाली क्षेत्रको पर्यटन विकासका प्रणेता डा. योञ्जनले पुर्याएको योगदानको कदर स्वरूप पदमार्गको नामकरण गरिएको उहाँले बताउनुभयो । यो पदमार्गको दूरी २६ किलोमिटर रहेको छ । रसुवामा आउने पर्यटक मध्ये करिब ८० प्रतिशत लाङटाङ जाने गरेका छन् ।
प्रदेश सरकारले २०७५-०७६ को नीति तथा कार्यक्रममा रसुवा जिल्लाको स्याफ्रुबेँसीदेखि लाङटाङ उपत्यकाको क्यान्जिन जाने पदमार्गलाई डा. प्रल्हाद योञ्जन रेडपाण्डा पदमार्ग नामकरण गरिने योजना राखिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।