थापाथली सडकमा ५ लाख लिटर पानी खेर गयाे
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता लिने बाटो खुलेको छ ।
सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्रलाई सदर गरेसँगै नागरिकता लिने बाटो खुलेको हो ।
गएको चैत १९ गते गृह मन्त्रालयले ७७ वटै जिल्लामा वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको थियो ।
यसअघि चैत २५ गते सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको सर्कुलर रोक्न अन्तरिम आदेश दिएको थियो
भण्डारीको आदेशलाई सर्वाेच्चकै न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो ।
गृह मन्त्रालयको सर्कुलरपछि केही दिनको अन्तरमा नै जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका झण्डै १५ सय सन्तानले वंशजको आधारमा नागरिकता लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।