इण्डियन प्रिमियर लिग : पञ्जावसँग राजस्थान १२ रनले पराजित

 बैशाख ४, २०७६ बुधबार ७:१४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै पञ्जाव १० अंकसहित तालिकाको चौथो स्थानमा छ । 

१८२ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित ओभरमा ७ विकेट गुमाएर १७० रनमा रोकिएको थियो ।

राजस्थानका लागि राहुल त्रिपाठीले सर्वाधिक ४५ रन बनाए पनि हार टार्न सकेनन् । पञ्जावका अर्सदीप सिंह रविचन्द्र आश्विन र मोहम्मद सामीले दुई–दुई विकेट लिएका थिए । 

पहिला ब्याटिङ गरेको पञ्जावका लागि केएल राहुलले ५२ रन बनाउँदा डेभिड मिलरले ४० रन जोडेका थिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया