सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - थाइल्याण्डमा हुने एसीसी यू-१६ इस्टर्न रिजनका लागि नेपाली टिमको घोषणा गरिएको छ । एसियन क्रिकेट काउन्सिलको आयोजनामा हुने प्रतियोगिताका लागि नेपालले १४ खेलाडीको टिम घोषणा गरेको हो ।
थाइल्याण्डको चियाङमाइमा अप्रिल २० देखि २८ सम्म हुने प्रतियोगिताका लागि विशाल विक्रम केसीको कप्तानीमा रहेको टिममा आशिष ठाकुर, प्रशान्त महत, अर्जुन कुमाल, दीपक बोहोरा, सुवास ऐयर, निखिलकुमार सिंह, विशालकुमार पटेल, क्रिस कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा रहेका छन् । अफिसियलमा सुदिप शर्मा म्यानेजर, वसन्त शाही प्रशिक्षक र दिनेश भट्ट फिजियो रहेका छन् ।
बिहीबार थाइल्याण्ड प्रस्थान गर्ने नेपालले पहिलो खेल शनिबार म्यानमारसँग खेल्नेछ भने दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ । यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी थाइल्याण्ड रहेको छ ।
समूह 'ए' मा रहेको नेपालले शीर्ष दुईमा रहन सके सेमिफाइनलमा स्थान बनाउनेछ ।