च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - वरिष्ठ पत्रकार एवं कामना न्यूज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा उहाँका छोरा दिरेकलाल श्रेष्ठले दागबत्ती दिनुभएको नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालले जानकारी दिनुभयो । पशुपति आर्यघाटमा श्रद्धाञ्जलि दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, कलाकार, साहित्यकार, उद्योगी व्यापारी, पत्रकारलगायत पुग्नुभएको थियो । श्रेष्ठको ६० वर्षको उमेरमा आज बिहान निधन भएको हो । पशुपति आर्यघाट लैजानुअघि श्रेष्ठको पार्थिव शरीर भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
सन् १९५९ अगस्तमा जन्मनुभएका श्रेष्ठ कामना न्यूज पब्लिकेसन र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय समाचार समिति (रासस)का सञ्चालक समिति सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब र प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत उहाँले योगदान पुर्याउनुभएको थियो ।
श्रेष्ठ नेपालको प्रथम चलचित्र प्रतियोगिताको सल्लाहकारसमेत रहनु भएको थियो । उहाँ फुटबलको राष्ट्रिय खेलाडीसमेत हुनुहुन्थ्यो । प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, वीरेन्द्र ऐश्वर्य सेवापदक, प्रेस काउन्सिल अवार्डलगायतबाट सम्मानित श्रेष्ठ पत्रकारिताका प्रशिक्षकसमेत हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।