आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन कार्यक्रम आज

 बैशाख ५, २०७६ बिहिबार ८:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्ज रङ्गशालामा बिहिवार ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन  हुँदैछ । राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार साँझ  ५ : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

प्रतियोगिताको उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुदमा ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा एनआरएन गरी ११ टोलीका खेलाडीबीच प्रतिस्पर्धा भैरहेको छ ।  प्रतियोगितामा पाँच हजार २११ खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, अफिसियसल, रेफ्री सङ्घ प्रतिनिधि गरी ११ हजारको सहभागिता रहेको छ । 

प्रतियोगिताको उद्घाटन बिहीबार भए पनि चैत २७ गतेदेखि नै खेलहरु सुरु भैरहेका छन् ।  बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र केही खेल काठमाण्डौ, ललितपुर र पोखरामा पनि भैरहेका छन् । ओलम्पिक टर्च लाइट बिहीबार बेलुकी नेपालगञ्ज रंगशाला पुग्नेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया