कुवेतले दियो नेपाललाई एक सय ५८ रनको लक्ष्य

 बैशाख ५, २०७६ बिहिबार ११:५१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी यू–१९ विश्वकपको एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतबाट एक सय ५८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले ४९ ओभर चार बलमा एक सय ५७ रनमा अलआउट भयो । ११ रनमा पहिलो विकेट गुमाएको कुवेतले १५ रनमा दोस्रो विकेट खेर फाल्यो । 

त्यसपछि तेस्रो विकेटका लागि राम्रो साझेदारी गर्दा कुवेतको पारी सम्हालिएको थियो । उसका लागि नोमान बुद्रोले उत्कृष्ट अर्धसतकीय पारी खेले । जसमा उनले अविजीत रन बनाए । यस्तै गोकुल कुमारले ३६ तथा हामुद अमानुल्लाहले १७ रन बनाए ।

बलिङमा नेपालका लागि रोहित कुमार पौडेलले तीन तथा रासिद खान, सूर्य तामाङ र कुशल मल्लले दुई दुई विकेट लिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया